बागमती प्रदेशको ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट आचार्य पुरस्कृत

हेटौंडा टुडे
३० आश्विन २०८०, मंगलवार २१:४५

हेटौडा ।  प्रहरी दिवस–२०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बसन्त आचार्यलाई ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट पुरस्कृत गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेका थिए । ६८ औं प्रहरी दिवसको अवसरमा प्रदान गरिएको बिभिन्न सात बिधा मध्ये आचार्यले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ बिधामा पुरस्कार पाएका हुन् । ट्राफिक प्रहरी प्रमुख आचार्यले सम्मानले कतव्र्यप्रति थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*