हेटौंडा । मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर ४।५ म्याग्निच्युडको भूकम्पको गएको छ ।बिहीबार बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४।५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प हो । यसको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।
सेयर गर्नुहोस्