हेटौडा । मकवानपुरगढी गाउँपालिकाले कृषि कर्ममा लागेका युवालाई आकर्षित गर्ने उद्देश्यका साथ जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । आफु संग प्रसस्त जमिन नहुने तर पनि जमिनका कारणले गर्दा कृषि कर्म गर्ने नपाउने किसानहरुलाई भाडा बापतको रकम मकवानपुरगढी गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मकवानपुरगढी गाउँपालिकाले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवर्द्धनको यो कार्यक्रमले युवा वर्गहरुलाई कृषि पेसामा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पुग्ने विश्वास लिइएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।
बैदेसिक रोजगारीको लागि विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू बिदेसिनु पर्ने बाध्यतालाई हटाउनको लागि यस्तो खालको कार्यक्रमले केहि हद सम्म राहत पुग्ने चौधरीको भनाई छ । पालिकाले एक सुचना जारि गर्दै यो कार्यक्रमा सहभागी हुनको लागि कम्तिमा तिन कठ्ठा जमिन भाडामा लिई तिन बर्षको लागि खेति गरेको हुनु पर्ने सुचनामा उल्लेख गरेको छ । साथै बाझो जमिन भाडामा लिई खेति गर्नेलाई पालिकाले बिषेस प्राथमिकताका साथ हेर्ने पनि जनाएको छ । साथै यस्तो कार्यक्रम बिषेस गरि बिपन्न सीमान्तकृत दलित जनजातीलाई प्राथमिकता दिईने र प्रति रोपनी बढीमा दुई हजार रुपैयाँका दरले भाडामा अनुदान दिईने सुचनामा उल्लेख छ ।