हेटौंडामा तीन दिने बज्रकिलाया पुजा हुने
हेटौंडा – हेटौंडामा तीन दिने बज्रकिलाया पुजा हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं – २ मा रहेको बौद्ध माणि समिति टासी हिशे गुम्बाको आयोजनामा तीन दिवसीय दोर्जे फुर्पा ब्रजकिलाया पुजा र आर्य अपारमिताको पुजा हुने भएको छ । गुम्बा समितिले बुधबार पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष कालु घलानले माघको १४ गते देखी १६ गते सम्म पुजा कार्यक्रम रहने बताए । १४ र १५ गते ब्रज पुजा र १६ गते आर्य पुजा हुने घलानले बताए ।
बौद्ध धर्मालम्बीहरु लक्षित गरी धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिन रिन्पोछेको उपस्थितीमा तीन पुजा कार्यक्रम गरिने जनाइएको छ ।तीन दिन सम्म सञ्चालन हुने पुजा तथा धार्मिक प्रवचन कार्यक्रममा करिब ५ हजार भन्दाबढी भक्तालुको उपस्थिती रहने अपेक्षा आयोजकको रहेको छ । उक्त कार्यक्रममा करिब १० लाख खर्च हुने बताइएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा पुजा कार्यक्रमको उद्घाटन रहने अध्यक्ष घलानले बताए ।
१४ गते विहानबाटै पुजा आराधानाका साथै प्रवचन कार्यक्रम हुने बताए । कार्यक्रमलाई विभिन्न गुम्बा, गुठी तथा धर्म गुरुलाई चढाइएको भेटी वा दान सहयोगनै आम्दानीको स्रोत रहेको अध्यक्ष घलानले बताए ।






















