आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्धारा तनाव व्यवस्थापन कार्यक्रम हेटौडामा सुरु

हेटौंडा टुडे
१७ जेष्ठ २०८१, बिहीबार १४:३४

 

हेटौंडा।आयुर्वेद तथा वैकल्पिक चिकित्सालयद्धारा आयोजित राष्ट्रसेवक कर्मचारीका लागी तनाव व्यवस्थापन कार्यक्रम सुरु गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा बैकल्पिक चिकित्सक मकवानपुरद्धारा आयोजित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहकार्यमा राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम संचालन गरिएको हो ।

कार्यालयमा कामगर्दा हुने तनावलाई कसरी कम गर्न सकिन्छ भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आर्युवेद तथा बैकल्पिक चिकित्सक प्रमुख डा।ललिता पाण्डेले जानकारी दिईन् । हेटौंडा २ स्थित मानसचोक ब्रह्मकुमारी राजयोगको हलमा हिजोदेखि सुरु भएको कार्यक्रम १८ गते शुक्रवार सम्म चल्ने छ । विहान ६ बजे देखि १० बजे सम्म कक्षा संचालन हुनेछ ।तनाव व्यवस्थापन कार्यक्रममा ५० जना भन्दा धेरैले तालिम लिईरहनुभएको डा।पाण्डेले जानकारी दिईन् । तालिममा सम्पुणर् कार्यालय प्रमुखहरु उत्साहितका साथ तालिममा सहभागिता जनाएको डा।पाण्डेले बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*