
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउने भएपछि आइतबार बिहानैदेखि विमानस्थल परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। पोखराबाट जहाजमा काठमाडौं आउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा राजावादी समूहले विमानस्थलमै पुगरे पूर्वराजाको स्वागत गर्ने तयारी गरेका छन्। पूर्वराजा शाह पश्चिमका केही जिल्लाहरूको भ्रमण सकेर आज हवाइमार्गबाट काठमाडौं फर्कँदैछन्। यसअघि उनले स्याङ्जा, बागलुङ र कास्की लगायतका जिल्लामा धार्मिक स्थानमा भ्रमण गरेका थिए। त्योसँगै उनले पोखरामा स्वर्गीय राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए। जसका लागि बिहानैदेखि विमानस्थल परिसरमा सुरक्षा व्यवस्थापन कडाई गरिएको छ।
अहिले विमानस्थलको गोल्डेट गेटबाट हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अन्यलाई छिर्न दिइएको छैन। प्रहरीले टिकट र परिचयपत्र जाँच गरेर मात्र उनीहरूलाई प्रवेश गराइरहेको छ।यसका साथै विमानस्थलमा आसपासमा भीड बढेसँगै ट्राफिक प्रहरीले डाइभर्सनको तयारीमा समेत लागेको छ।
राजावादीहरूले ज्ञानेन्द्रलाई विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउनेछन्।

