आज सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख १८, बिहीबार १२:५२ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । विहिबार एकैदिन तोलामा ४६ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।

आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*