रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साह रहेका छन्। सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएका छन्। ना ६ त ८१०६ नम्बरको ट्याक्टरमा इँटा लोड गरी दुद्यीयाभार चोक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकि राखिएको थियो।
उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेका थिए। घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
सेयर गर्नुहोस्






















