रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु, अर्का घाइते

हेटौंडा टुडे
२०८२ जेष्ठ ३०, शुक्रबार ११:५५ गते

पर्साको वीरगन्जमा आज रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी रामाकान्त यादव र विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने   सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले  जानकारी दिए।  दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन्। उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। उनको खोजी भइरहेको छ। तीव्र गतिको कारण अनियन्त्रित भएको तीनजना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।  घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*