केदारनाथ हेलिकप्टर दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

हेटौंडा टुडे
२०८२ असार १, आईतवार ११:०० गते

हेटौंडा। भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा हेलिकप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको हो । दुर्घटना गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए । दुर्घटनाको खबर पाएलगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू घटनास्थलमा पुगेका छन् । उनीहरूले शवहरूलाई पोस्टमार्टमका लागि पठाएका छन्।

घटना पछि राज्य सरकारले चारधाममा हेलिकप्टर सेवामा तत्काल रोक लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*