सम्पर्क बिहीन भएका डा. केशव श्रेष्ठ भेटिए

हेटौंडा टुडे
२०८२ असार २, सोमबार १४:४३ गते

हेटौंडा । फेसबुकमा ‘अलबिदा’ लेखेर सोमबार बिहान देखि सम्पर्क विहीन रहेका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई तार्केश्वर नगरपालिका स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेको जनाएको छ ।

उनलाई परिवारको जिम्मा लगाइएको सूचना अधिकारी एसपी अपीलराज बोहराले जानकारी दिए । डा. श्रेष्ठ रामेछाप अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट हुन्। उनी सोमबार बिहान सामाजिक सञ्जालमा अलबिदा लेखेर सम्पर्कविहीन बनेका थिए । आफूमाथि अन्याय गरिएको भन्दै उनले सामाजिक सञ्चाल फेसबुकमा गुनासो प्रकट गरेका छन् ।

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ परिसरका अनुसन्धान अधिकृतहरू जुटेका थिए ।

डा. श्रेष्ठ पूर्वी नवलपरासीस्थित गैँडाकोटका स्थानीय हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौँडामा सरुवा भैसकेको छ । उनले सामाजिक सञ्जालमा रामेछापमा बस्दा काम गर्न अप्ठेरो पारिएको भन्दै केही व्यक्तिहरूलाई लान्छाना लगाएर स्ट्याटस लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*