पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस पल्टिँदा १० जना घाइते

हेटौंडा टुडे
२०८२ असार ९, सोमबार १०:४९ गते

हेटौंडा ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइतेमध्ये ७ जना भारतीय नागरिक रहेका छन्। काठमाडौंबाट भिठ्ठामोड (महोत्तरी) तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख.५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई राजमार्गको दक्षिण किनारमा ७ फिट तल पल्टिएको थियो। घटनास्थलमा बस पल्टिएको अवस्थामा भेटिएको र चालक फरार रहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएका छन्।  दुर्घटनामा बसमा सवार २५ जनामध्ये १० जना घाइते भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*