चितवन आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा टुडे
२०८२ श्रावण १२, सोमबार १३:३३ गते

हेटौंडा । काठमाडौंबाट चितवन आउँदै गरेको ट्याक्सी दुर्घटना भएको छ। धादिङको सीतापाइला–धार्के सडकखण्डमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएको हो ।
काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका–५ कुमाइखोलास्थित धार्के–सितापाइला सडकबाट सडकबाट करिब पाँच मिटर तल खोल्सामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट करिब पाँच मिटर तल खसेको हो। दुर्घटनामा परि घाइते हुनेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का,१६ वर्षीय जस्मिन गुरुङ, सात वर्षीया जेशिका गुरूङ र चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल घाइते भएको प्रहरीले जनएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*