शीतलनिवासमा आज तीन मन्त्रीको शपथ

हेटौंडा टुडे
२०८२ भाद्र ३०, सोमबार १०:५५ गते

हेटौंडा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेमा आज ती तीन नयाँ मन्त्रीको शपथ हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार बिहान ११ः३० मा राष्ट्रपति कार्यालयमा उहाँहरुको शपथ हुने राष्ट्रपति रामचन्द्र पौडेललको सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशभरि गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शन भएको थियो । प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*