आज सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ आश्विन १, बुधबार १२:५५ गते

हेटौंडा। नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*