हेटौंडा । रौतहटको बागमति नदीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ। राजदेवी गरपालिका- ४ गडहियाटोलस्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको एक अधबैसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब ४०–४२ वर्ष उमेरका पुरुष उत्तानो अवस्थामा मृत भेटिएका हुन्। घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी ब्रहमरपुरीबाट असईको कमान्डमा खटिएको टोलीले शव फेला पारेको हो।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जानकारी दिएका छन्।
सेयर गर्नुहोस्


















