हेटौंडा । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो ।
हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको र पाइलट मात्र रहेकोले अन्य क्षती नभएको जनाइएको छ । यद्यपी पाइलट पनि सुरक्षित रहेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले जानकारी दिएका छन्। उक्त हेलिकप्टर यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको जनाइएको छ ।
सेयर गर्नुहोस्





















