मकवानपुरगढी गाउँपालिकाले तोक्यो रैथाने बालीको न्यूनतम मूल्य

हेटौंडा टुडे
२०८२ मंसिर २३, मंगलवार १६:०३ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले आफ्नो ८ वटा वडा भित्र उत्पादन हुने विभिन्न रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

गाउँपालिकाको आर्थिक विकास समितिले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कृषि उपजहरूको नयाँ मूल्य अनुसार कोदो र धानको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ कायम गरिएको छ । यस्तै, फापर प्रजातितर्फ तिते फापरको मूल्य ९० रुपैयाँ र मिठे फापरको मूल्य १ सय ५ रुपैयाँ निर्धारण गरिएको हो ।

गाउँपालिकाले जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ तोकेको छ भने सेतो सिमिको मूल्य १ सय २० रुपैयाँ कायम गरेको गाउँपालिकाका प्रमुख प्रसासकिय सुधन लामिछानेले जानकारी दिए । यसैगरी, कालो सिमिको मूल्य भने प्रतिकेजी १ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*