हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर -६ जुरीखेतस्थित सडकमा आईतबार साँझ ना १ ज १७७८ नम्बरको टाटा सुमो दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने घाईते ३ जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ । आईतबार साँझ भएको सुमो दुर्घटनामा संलग्न सवारी साधन सञ्चालन गर्ने सुमो कम्पनीको नाम भने प्रहरीले करिब २० घण्टा हुन् लाग्दा समेत सार्वजनिक गर्न सकेको छैन । दुर्घटना पछि सवारी साधन कुन कम्पनीको थियो र भन्ने बारे प्रहरीले सार्वजनिक नगर्दा आम मकवानपुर बासीले यसलाई गम्भीर रुपमा लिएका छन् ।
दुर्घटनामा यात्रुहरूको मृतक र घाइते भएकाहरुको जानकारी आएपछि स्थानीय बासिन्दा तथा यात्रुहरूको आफन्तले सुमो कम्पनीको नाम सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले यात्रु सुरक्षासँग सम्बन्धित विषय भएकाले पारदर्शिता आवश्यक रहेको बताएका छन् । हेटौंडामा पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएको भन्दै सरोकारवालाहरूले नियमित अनुगमन,टाईम कार्डलाई कडाइका साथ नियमन र पालना कार्यान्वयन गर्न माग गरेका छन् । दुर्घटनाको कारण, सवारीको अवस्था वा चालकको लापरबाही बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















