हेटौडा । मकवानपुरको मकवानपुरगढीमा सामरी खोलामा एक जना मृत अवस्थामा फेला परेका थिए मकवानपुरगढी गाउँपालिका वडा नम्बर –५ का ४० वर्षीय सुकलाल गोले मृत अवस्थामा फेला परेका मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोलेको मानसिक अवस्था कमजोर रहेका जनाईएको छ । गोले बुधबार राति करिब ८ बजे घरपरिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएका थिए। प्रहरीले तत्काल खोजतलास सुरु गर्ने क्रममा बिहान करिब ११: ०५ बजे घरबाट करिब एक किलोमिटर पश्चिम रहेको सामरी खोलामा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्















