मकवानपुरमा गोलेको घरभित्र बाट एकनाले भरुवा बन्दुक बरामद, घरधनी गाँजा मुद्धामा चितवनमा पक्राउ

हेटौंडा टुडे
२०८३ श्रावण २१, बिहीबार २१:१२ गते
AI genereted

हेटौडा । मकवानपुरको थाहा नगरपालिकामा प्रहरीले विशेष सूचनाको आधारमा छापा मार्दै एक थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले बिहीबार दिउँसो १:३० बजेको समयमा उक्त हतियार बरामद गरेको हो।जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ तल्लो महाकाल बस्ने वर्ष ४१ का मोहन कुमार गोलेले आफ्नै घरभित्र लुकाईछिपाई राखेको अवस्थामा सो एकनाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले खानतलासीका क्रममा हतियार फेला पारी रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय पालुङमा ल्याएर सुरक्षित राखिएको जानकारी दिएको छ।

यसैबीच, बन्दुक घरधनी मोहन कुमार गोले लागुऔषध (गाँजा) सहित चितवन जिल्लामा पक्राउ परेका छन्। उनी इलाका प्रहरी कार्यालय मुग्लिन, चितवनको क्षेत्रबाट गाँजासहित फेला परेको र हाल उनीमाथि त्यहीँबाटै आवश्यक अनुसन्धान भइरहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

तस्बिर : एआई जेनेरेट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*