भदौ १ गते मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

हेटौंडा टुडे
२०८३ श्रावण २९, शुक्रबार २१:३९ गते

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभा सचिवालयलाई आज पत्राचार गर्नुभएको हो ।

सरकारमा सहभागी नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संवैधानिक रूपमा विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभएको हो । एमालेले समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको थियो ।

मुख्यमन्त्री बानियाँले भदौ १ गते नै विश्वासको मत लिने निर्णयसँगै बागमती प्रदेशको सत्ता राजनीति अब निर्णायक चरणमा प्रवेश गरेको छ । यसअघि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीले भदौ ३ गतेभित्र विश्वासको मत लिने गरी तयारी गर्ने निर्णय गरेको थियो । संवैधानिक समयसीमाभित्रै विश्वासको मत लिने गरी मुख्यमन्त्रीले भदौ १ गतेको मिति तय गर्नुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*