हेटौंडामा बोराभित्र बाँधेर फालिएको अवस्थामा महिलाको शव फेला

हेटौंडा टुडे
२०८३ श्रावण २२, शुक्रबार १८:०८ गते

हेटौडा । हेटौंडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक शव फेला परेको छ । शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब १स्५० बजे घटनाबारे जानकारी प्राप्त भएको हो । प्रहरीका अनुसार बोरा खोलेर हेर्दा करिब ३०र३२ वर्ष उमेरको जस्तो देखिने एक महिलाको शव फेला परेको थियो । मृतकको नाम, थर र वतन भने खुल्न सकेको छैन । शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। शवको पहिचान तथा घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*