प्युठानमा बस दुर्घटना, एकको मृत्यु तीन घाइते

टुडे संवादाता
४ कार्तिक २०७७, मंगलवार १३:०७

प्युठान/प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसारदाङबाट प्युठान जाँदैे गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनामा दाङका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ।

त्यस्तै, दुर्घटनामा प्युठानको माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाकी ३० वर्षीया बसन्ता विक घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*