महासंघका नवनिर्वाचित पदाधिकारीले आज साँझ पदभार ग्रहण गर्ने

टुडे संवादाता
१४ मंसिर २०७७, आईतवार १५:४१

काठमाडौँ /नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा अन्तर्गतको निर्वाचन शनिबार सम्पन्न भएर मत परिमाण सार्वजनिक भइसकेको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो ।

सो पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २/२ जना उमेद्वार विजयी भएका छन् ।

यसरी निर्वाचनबाट नव निर्वाचित भएका पदाधिकारीले आज साँझ पदभार ग्रहण गर्ने भएका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीले आगामी २ वर्षका लागि आज साँझ पदभार ग्रहण गर्न लागेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई महासंघको लोगो प्रदान गरिने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*