हेटौंडा/मञ्जुश्री असहाय संरक्षण केन्द्रले विभिन्न समुदायमा यातना र हिंसामा परेकाहरुलाई न्याय दिलाउन सहज बनाउनुपर्ने भन्द ध्यानाकर्षण पत्र बुझाएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई केन्द्रले ध्यानार्कषण पत्र बुझाईएको शाखा उपाध्यक्ष नमुना पाण्डेले जानकारी दिईन् ।
असहाय, घरेलुु हिंसा लगायत बिभिन्न मानसिक शारीरिक यातना बेचबिखनमा परेकाहरुलगायत जेष्ठ नागरिक महिला तथा बालबालिकाहरूले भोग्नुपर्ने कष्टकर जीवन जिउनुपर्ने बाध्यता हटाउनका लागि जिल्ला प्रशासन मार्फत सरकारसँग अनुरोध गरिएको उनले बताइन् ।
अनेकौ बाध्यतामा पर्नेहरुको उद्दार कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यमबाट आत्मनिर्भर बनउने र पारिवारिक तथा सामाजिक पुनर्मिलन एवम पुनर्स्थापना गर्न स्थापित केन्द्रले पनि अहम् भुमिका निर्वाह गरिरहेको अवगत गराउँदै अपराधिक घटना रोक्नका लागि नेपालको कानुन संशोधन गरि कडा कानुन निर्माणको लागि अनुरोध गरिएको उपाध्यक्ष पाण्डेको भनाई छ ।






















