हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानीमा बोलेरो जीप दुर्घटना भएको छ । हेटौंडाबाट राक्सिराङ गाउँपलिका वडा नम्बर १ ठूलो भाबर जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरु मध्ये २ जना सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरु सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको विवरण भने आउँन बाँकी रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















