शक्तिडाडा टोल बिकास संस्थाको साधारण सभा सम्पन्न

हेटौडा टुडे
२७ पुष २०७७, सोमबार २३:०२

साधारण सभा
मकवानपुर । हेटौडा १६ स्थित शक्तिडाडा टोल बिकास संस्थाको प्रथम साधारण सभा कार्यक्रम सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सानू कान्छा रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।संस्थाले टोलका जेष्ठ नागरिक जेष्ठ एकल महिला र अपाङ्ग जेष्ठ नागरिक हरुलाई नगद सहित सम्मान गरेको छ ।संस्थाले पुन रुम्बाकै नेतृत्वमा ११ सदस्यीय नया कार्य समिती चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नारायण घिमिरे , सचिवमा सुबिना लामा , कोषाध्यक्षमा बिमला थापा चयन हुनुभएको छ ।यस्तै सदस्यहरुमा हरि थापा ,कमला राना ,सीता बलामी ,मन्जुदेवि घर्ती ,दिलमाया राना ,बिनोद पोखरेल ,सीता मोक्तान चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*