युवा व्यावसायि शर्माद्वारा दुई टिमलाई जर्सी सहयोग

हेटौडा टुडे
६ माघ २०७७, मंगलवार १८:१४

हेटौंडा/हेटौंडाका युवा ब्यवसायी तथा समाजसेवी रमेश शर्माले मंगलवार आज खेलाडीहरुलाई जर्सि वितरण गरेका छन् । बेरोजगार युवासंघद्वारा आयोजित टोल विकास स्तरीय फुटवल प्रतियोगीतामा शर्माले जर्सि वितरण गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ओम टोल विकास संस्था र दिब्यपथ टोल बिकास संस्था गरी दुई टिमलाई जर्सि वितरण गरेका हुन् ।
हेटौंडा ९ मा हुने् “एट ए साईड” फुटवल प्रतियोगिता आज बाट सुरु भएको हो । आज देखी सुरु भएको खेल ७ गते सम्म रहने छ । प्रथम हुनेले नगद ३० हजार र द्धितीय हुनेले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यता युवा ब्यावसायी तथा समाजसेवी शर्मा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको क्लासिक सप्लायर्स तथा आर्ट क्राफ्ट डेकर फर्निचर प्रा.ली का संचालक हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*