हेटौडा भेट्रान्स : तेस्रो दिन आज ४ खेल सम्पन्न

हेटौडा टुडे
७ माघ २०७७, बुधबार १९:३४

हेटौंडाको हुप्राचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा आज ४ खेलहरु सम्पन्न भएको छ । आज भएको खेलहरुमा बगरभाई खलक पोखरा , चावहिल भेट्रान्स , सानो गौचरण काठमाण्डौं र हेटौंडा भेट्रान्स सुपर बिजयी भएको छ । आजको पहिलो खेलमा बगरभाई खलक पोखरा बिजयी भएको छ । हाम्रो वीरगंज भेट्रान्ससँग भएको खेलमा बगरभाई खलक पोखरा बिजयी भएको हो । खेलको निर्धारित समयसम्ममा दुवै समुहबाट १–१ गोलको बराबरी भएको थियो । खेलमा हाम्रो वीरगंज भेट्रान्सको मनोज चौधरी र बगरभाई खलक पोखराको मनोज गुरुङ्ले १–१ गोल गरेका थिए । ट्राईब्रकेरमा भएको खेलमा बगरभाई खलक पोखरा ३–२ गोलअन्तरले बिजयी भएको हो । त्यस्तैगरि आजको दोस्रो खेलको क्वाटरफाईनलमा चावहिल भेट्रान्स बिजयी भएको छ । बौद्व भेट्रान्स र चावहिल भेट्रान्सबीच भएको प्रतिष्पर्धामा चावहिलले १–० गोलअन्तरमा जीत आफ्नो पोल्टामा पारेको हो । चावहिललाई जीत दिलाउन सरोज थापाले गरेको १ गोल नै निर्णायक बन्यो । यस्तै आजको तेस्रो खेलअन्तर्गत भएको क्वाटरफाईनलमा सानो गौचरण काठमाण्डौं बिजयी भएको छ । भनिमण्डल भेट्रान्सलाई १–० गोलअन्तरले हराउदै सानो गौचरण बिजयी भएको हो । सानोगौचरणको लागि नरेश श्रेष्ठले गरेको १ गोल नै बिजयी गोल बनेको हो । आजको अन्तिम खेलअन्तर्गत भएको चौथौ खेलमा हेटौंडा भेट्रान्स सुपर बिजयी भएको छ । खेलको निर्धारित समयसम्म दुवै समुहबाट एक गोलपनि हुन नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो । ट्राईब्रेकरमा सिमरा भेट्रान्सलाई ४–३ गोलअन्तरले हराउदै हेटौंडा भेट्रान्स सुपर बिजयी भएको हो । कआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको १० गते फाईनल हुनेछ । प्रतियोगितामा बिजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*