आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने

टुडे संवादाता
१३ माघ २०७७, मंगलवार ११:४३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवं मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस बर्षदेखि उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजना हुने भएको हो ।
फागुन ५ गतेबाट हेटौंडाको लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा प्रतियोगिता गर्ने गरी तयारी अघि बढाइएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले यस बर्ष मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता सञ्चालनको लागि ९ सदस्यीय समिति समेत निर्माण गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष शाहीको संयोजकत्वमा गठित समितिको सदस्यमा सुनिल लोप्चन, सुदिप राजबाहक, युनाल मल्ल, प्रितम खड्गी, सुनिल खड्गी, सुवास विडारी र सुपेन्द्र कार्की रहेका छन् ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडाबाट एक÷एकवटा टिम सहभागी हुनेछन् । गत बर्ष कोभिड १९ का कारण मेयर कप फुटबल सञ्चालन हुन सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*