मंगलवार सुनको मूल्य बढ्यो

हेटौडा टुडे
१३ माघ २०७७, मंगलवार ११:४९

हेटौंडा/स्थानीय बजारमा मंगलवार पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ ।छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँ पुगेको छ ।

छापावाल सुन सोमवार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमवार कारोबार भएको तेजाबी सुन मंगलवर भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २६० रुपैयाँमा सोमवार कारोबार भएको चाँदी मंगलवार भने १ हजार २५५ मूल्य निर्धारण भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*