चण्डिका माविको ४२ औं वार्षिकोत्सव , आज समापन

हेटौडा टुडे
११ फाल्गुन २०७७, मंगलवार ०८:३९

गढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयको ४२ औं वार्षिक उत्सव सोमबार मनाइएको छ । विस २०३५ सालमा स्थापना गरिएको विद्यालयको सोमबार विद्यालयको वार्षिकोत्सव मनाइएको हो ।

बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख अतिथ्यतामा मनाइएको वार्षिकोत्सव कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता लगाएतका कार्यक्रम गरीएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुलामीले केक काटेर विद्यालयलाई शुभकामना दिएका थिए ।

सोमबार भएको वार्षिक उत्सव कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रिन, वडा सदस्य रा मप्रसाद पुडासैनी, शीवप्रसाद न्यौपाने, कार्यपालिका सदस्य पातलीमाया गोले, महिला आवाज साकोसका अध्यक्ष तेज कुमारी अस्थानी, हेमकर्ण प्राविका प्रअ मोहन राज लामा, विद्यालयका प्रधानाध्यापक बालकृष्ण श्रेष्ठ लगायत, अभिभावक, विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो ।

वार्षिक उत्सव कार्यक्रमको आज समापन कार्यक्रम रहेको छ । आज हुने कार्यक्रममा पुरस्कार बितरण र सम्मान कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोले जानकारि दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*