हेटौंडा ११ मयुरी चालक मृत्यु प्रकरण :स्थानियद्वारा सडक अवरुद्ध,प्रहरी र स्थानीयबीच झडप(भिडियो सहित)

टुडे संवादाता
१४ फाल्गुन २०७७, शुक्रबार १४:३४

हेटौंडा/पूर्वपश्चिम राजमार्ग अन्तरर्गत हेटौंडाको राप्तिपुलमा स्थानियहरुले नाराबाजी सहित सडक अवरुद्ध गरेका छन् । स्थानियहरुले १ घण्टा सडक अवरुद्ध गरेका हुन् ।
१ घण्टा देखि अवरुद्ध सडक सुचारु गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । सवारी दुर्घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेपछि सुचारु गर्न पुगेको प्रहरी र पीडित पक्षबीच झडप भएको हो ।

अवरुद्ध भएपछि रोकिएका सवारीलाई स्कर्टिङ गरेर प्रहरीले लैजाने खोजेपछि स्थानीयले अवरोध गरेका थिए ।प्रहरीले बल प्रयोग गरेर राजमार्ग सुचारु गरेको छ । यसक्रममा केही व्यक्तिलाई पक्राउ गरेको जनाईएको छ ।

हिजो बिहान मनहरीबाट हेटौंडा आउदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १ ह ३४०८ नम्बरको मयुरीलाई राजमार्ग अन्तर्गत हेटौंडा–११ मा ठक्कर दिंदा मयुरी चालक स्थानीय ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको थियो ।

हेर्नुहोस भिडियो

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*