हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाईकल फेलापारी सम्बन्धीत धनीलाई बुझाएको छ । जिल्ला पाँचथर मिक्लाजोङ गाँउपालिका वडा नम्बर १ वस्ने बर्ष ३१ को प्रकास चन्द्र बस्नेतको फागुन २० गते मकवानपुर हेटौंडा ५ पिप्ले स्थित सडक किनारामा पार्किङ गरी राखेको को १ प १७९ नम्बरको मोटरसाईकल हराएको थियो ।
प्रहरीले हराएको मोटरसाईकल खोजतलास गरी फागुन २३ गते आईतबार सम्बन्धीत सवारी धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक अमर प्रसाद गजमेरले जानकारी दिनुभयो ।
सेयर गर्नुहोस्






















