हेटौंडा/लायन्स क्लब अफ मकवानपुर डायमण्ड र लायन्स क्लब अफ मकवानपुर इन्टरप्रेनियरको संयुक्त आयोजनामा संगीतिक साँझ हुने भएको छ ।
आईतवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै लायन्स क्लब अफ मकवानपुर डायमण्डका प्रेसिडेन्ट गौतम केसीले आगामी चैत्र १३ गते संगीतिक साँझ (रिफ्लेसमेन्ट नाईट) हुने बारे जानकारी दिनुभएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायक कमल क्षेत्री,गायीका एलिना चौहान र हाँस्य कलाकार लक्ष्मण गामनागेले दर्शकहरुलाई भब्य मनोरञ्जन दिने कार्यक्रम संयोजक रमेश शर्माले बताउनुभयो ।
कार्यक्रम संयोजक शर्माका अनुसार कार्यक्रम हेटौंडा ४ स्थित रोयल प्यालेसमा हुने भएको छ । सामाजिक सेवाका लागि आर्थिक संकलन गरी मृगौला ,मधुमेह तथा बाल क्यान्सको निशिुल्क स्वास्थय सिबर संचलन गरीने संयोजक शर्माले बताउनुभयो ।
कार्यक्रममा उद्योगी ,व्यवसायी ,सामाजिक अभियानता ,समाजसेवी लगाएत जिल्लाकै विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहनेछ । कार्यक्रम साँझ ५ बजे बाट सुरु हुनेछ ।कार्यक्रममा १ हजार टिकट दर राखिएको छ ।






















