हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित मिलन टोलमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोही ठाउँमा बस्दै आएका अन्दाजी ५० वर्षीय दामोदर घिमिरे झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी प्रवक्ता रिमालका अनुसार घिमिरेको शव आज बिहान पौने ६ बजेको समयमा आफ्नै घरमा सलले झुण्डिएको अवस्थामा फेला परेको हो ।
परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याईएको छ,उनले भने ।
सेयर गर्नुहोस्






















