हेटौंडा/गएराती मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर गढी-३ कालिखोला बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार राति त्रिभुवन राजपथ अन्तरगत भैंसे तर्फबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँद मोटरसाइकल चालकको मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परी २ जनाको घाईते भएका छन् । घाईते हुनेहरुमा ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिकाका ३२ वर्षीय मधु विष्ट र ट्रकधनी भीमफेदी-२ बस्ने २८ वर्षीय सुरेश घलान रहेका छन् ।
विष्टलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ भने घलानको उपचार हेटौंडा स्थित चुरेहील अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवजानपुरले जनाएको छ ।






















