मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट स्वीकृती पाएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ५ गते रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो ।
नियामकको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सेयर गर्नुहोस्






















