हेटौंडा / बागमती प्रदेश प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव दिएको छ ।
आज मुख्यमन्त्री निवासमा बागमती प्रदेश प्रमुख प्रतिपक्षि दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटका लागि सुझावहरु पेश गरेका हुन् ।
सेयर गर्नुहोस्






















