मकवानपुरमा जारी निषेधाज्ञा अवज्ञा गरेर पसल संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले १ वटा पसलका संचालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
प्रशासनले आज सुक्रबार हेटौंडा १० बसपार्कका एक ब्यापारिलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । प्रशासनले निषेधाज्ञा अवज्ञा गरेर कपडा पसल संचालकलाई पसल संचालन गरेको भन्दै नियन्त्रणमा लिएर रु ५,००० जरिवाना गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।
यसै गरि सुक्रबार निषेधाज्ञा अवज्ञा गरी सवारी साधन सञ्चालन गर्ने मोटरसाईकल , स्कुटर, अटो गरी २० वटा साधनलाई रु २,००० ( दुई हजार) देखी ५,०००( पाँच हजार ) जरिवाना गरिएको र ६१ वटा सवारीको कागजपत्र नियन्त्रणमा लिईएको मकवानपुर प्रहरिले जनाएको छ ।
सेयर गर्नुहोस्




















