चुरियामाई सुरुङ्ग मार्गको पुनःनिमार्णको ठेक्का माउण्टेन ईन्फ्रा कम्पनीलाई

हेटौंडा टुडे
२०७८ श्रावण १२, मंगलवार १४:३७ गते

हेटौँडा/  जहाँनिया राणाकालीन समयमा राणा चन्द्रशमशेरको पालामा निर्माण भएको चुरियामाई सुरुङ्ग मार्गको पुनःनिमार्णको ठेक्का माउण्टेन ईन्फ्रा कम्पनीले पाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशले रु ५ करोड रुपैँया लागतमा निमार्ण सम्पन्न गर्ने गरी उक्त काम कम्पनीलाई जिम्मा दिएको हो । सुरुङ्मार्गको पुनःनिमार्ण शिल्यान्यास यही श्रावण १४ गते माननीय मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने रहेको छ ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्ग हो, जसले छुट्टै ऐतिहासिक महत्व राख्दछ। चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो।

बारा र मकवानपुर जोड्ने गरी बनाइएको सुरुङ्गमार्ग राणा चन्द्रशमशेरको पालामा निमार्ण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*