हेटौँडामा लागुऔषध सहित दुई युवा प्रहरीको नियन्त्रणमा

हेटौंडा टुडे
२०७८ भाद्र ८, मंगलवार १६:४८ गते

हेटौँडा/ मकवानपुर प्रहरीले अवैध लागुऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नंम्बर १० बस्ने ३२ वर्षका दमन थापा र सोहि ठाउँका ३० बर्षीय विनोद चौधरी रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वेर रिमालले जानकारी दिए ।

मगंलबार प्रहरी चौकि बसपार्कबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ३९४३ नंम्बरको बसलाई चेकजाँच गर्दा थापा र चौधरी द्वोयको साथबाट नारागन एमपुल, डाईजोपाम एमपुल, नुरफिन एमपुल जम्मा २७ एमपुल बरामद गरेको हो ।

उक्त बरामद लागुऔषध सहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*