हेटौंडाबाट लागुऔषध सहित तीन युवा पक्राउ

हेटौंडा टुडे
२०७८ भाद्र १६, बुधबार १६:०४ गते

हेटौँडा/ हेटौंडाबाट लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हेटौंडा–५ बस्ने ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ बस्ने ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ बस्ने ३४ वर्षीय शुशिल कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले हेटौंडा–५ स्थित मास्केको घरकोठामा चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखीने पदार्थ २५० मिलिग्राम बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले बताए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*