हेटौँडा/ नेपाली कांग्रेसका बागमती प्रदेश तरुण विभाग सदस्य तथा युवा समाजसेवी योग्यराज सापकोटाले हेटौडा ३ बसामाडी मिलनटोलमा रहेको कप्टिदमार बाल विकास केन्द्रलाई ३० हजार नगद सहित खाजा सामाग्री सहयोग गरेका छन् ।
२०६३ सालमा स्थापना भएको उक्त बाल विकास केन्द्रमा आर्थिक समस्याका कारण साना साना बालबालिकाका आधारभुत आवश्यकतामा केही समस्या रहेको भन्ने खबर पाएपछी सापकोटाले गत पुस महिनामा केही सामाग्री सहयोग गरेर सहयोग सुरुवात गरेका थिए ।
सोही कार्यक्रम मसिक १० हजार दिने प्रतिवद्धता अनुरुप तीन महिनाको ३० हजार नगद बुधबार विद्यालयका शिक्षिका उमा उप्रेतीलाई रकम हस्तान्तरण गरेका थिए । सापकोटाले विभिन्न क्षेत्रमा सेवा गर्दै आइरहेका छन् ।
सेयर गर्नुहोस्




















