हेटौँडा/ नेपाल बिउ व्यवसायि संघ बाग्मति प्रदेश कार्यसमितिको तेश्रो साधारण सभा हिजो सोमबार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि बाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दीप प्रज्वलन गरि समुद्धाटन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल बिउ व्यवसायि संघका केन्द्रिय महासचिब वसन्त चन्द्र मरहट्टा,मकवानपूर उद्योग बाण्ज्यि सघंका अध्यक्ष कृष्ण कुमार गुप्ता (अग्रवाल), बिउ बिजन प्रयोगशाला हेटौंडाका क्षेत्रिय प्रमुख निर्मल गदाल लगायतले आफ्नो श्भकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रम्ुख अतिथि मुख्यमन्त्री पाण्डेले सभामा उपस्थित सबै स्वागत गर्दै कृषि पेसालाई पहिलो प्राथमितामा राखि बिउ बिजन उत्पादन गर्नको लागि सहयोग गर्न सधै तयार रहेको बताए । सिचाई बिना कृषि व्यबसाय सफल नरहने पनि उनले बताए । आगामी दिनमा नेपाललाई कृषि व्यबसायको रुपमा चिनाउने र कृषिबाट आम्दानि छिटो लिन सकिने भएकोले कृषि व्यबसायलाई नै अगाडि बढाउन कृषकहरुलाई आग्रह समेत गरेका छन ।
कार्यक्रममा नेपाल बिउ व्याबसायि संघ बाग्मति प्रदेशका प्रमुख उपाध्यक्ष सुवाश कुमार धिताल , नेपाल बिउ व्याबसायि संघका निर्वतमान अध्यक्ष मित्रराज दवाडि, बाग्मति प्रदेश कृषि विकास निदेशनालयका रविन्द्र क्मार प्रधान लगायतको उपथिति रहेको थियो ।
सेयर गर्नुहोस्



















