हेटौँडा। मकवानपुर उद्योग वाणिज्य संघ अगाडि नै पछिल्लो केही समय यता फोहोर र दुर्गन्धि बन्दै गएको छ । हेटौंडा उपमहानगर पालिका २ मा रहेको उद्योग वाणिज्य संघ नजिकै रहेको फ़ोहोरको थोप्रोले सो क्षेत्र कुरुप देखिन थालेको छ ।
फोहोर सङकलनको लागि नगरपालिकाको गाडि आएपनि उद्योग वाणिज्य संघ नजिकै रहेको फ़ोहोरको थोप्रो तर्फ कसैको चासो नदेखायको स्थानीयले बताउछ्न ।
त्यहाँको स्थानीय भन्छ्न फोहोर गाडी आउँछ तर त्यो फोहोर नदेखे झै जन्छ्न । हामिले यो फोहोर सहि व्यवस्थापन गर्न सम्बन्धित निकायलाइ आग्रह गरेता पनि हाम्रो कुरा नसुने झै गर्छन । फोहोरको थुप्रोमा बढि भयका खानाहरु समेत रहेको पनि स्थानीय बताउछ्न ।
फोहोरको कारण बजार आउने जानेलाइ हिड्न असहज भएको छ । उक्त फोहोर तर्फ चासो राख्न र छिटै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछ्न ।
सेयर गर्नुहोस्




















