हेटौडा । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्




















