मकवानपुरगढीमा करेन्ट सर्ट भई घरगोठमा आगलागी

हेटौंडा टुडे
२०७९ भाद्र २८, मंगलवार १०:३२ गते

हेटौंडा । गएराती मकवानपुरको मकवानपुरगढी(६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ।  सोमबार राति हिजो मकवानपुरगढी( ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट मानबिय क्षेती नभएको र गोठमा रहेको चौपाया समेत सुरक्षित रहेको प्रहरीले जनाएको छ। आगो करिब २ घण्टापछि रातिनै नियन्त्रणमा आएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*