देशलाई निकास र यस क्षेत्रलाई विकास गर्न आएको हुँ : डिना

हेटौंडा टुडे
२०७९ कार्तिक २८, सोमबार १७:१७ गते

हेटौडा -लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताउनुभएको छ ।

सोमबार बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनावीसभामा बोल्दै उहाँले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गर्नुभयो । ‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उहाँले भन्नुभयो–‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्धेश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’ उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल–पुलेसा जस्ता जनताको दैनिकी जिवनसंग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताउनुभयो । त्यसका लागि केन्द्रदेखि प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*